बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिगामी शक्तिविरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन दाहालको आह्वान

प्रतिगामी शक्तिविरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन दाहालको आह्वान

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन विरोधी प्रतिगामी शक्तिविरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गरेका छन्। 
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन विरोधी प्रतिगामी शक्तिविरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गरेका छन्। 

मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा शुभकामना दिँदै दाहालले यस्तो आह्वान गरेका हुन्। 

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरूबाट प्रहार भइरहेको छ।’

यस्तै उनले मौलिक पहिचानका कारण नेपाली जनसमुदायका बीचमा सदियौंदेखि सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको पनि उनले बताएका छन्। बहुधर्म र बहुसंस्कृतिले नै समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको उनको भनाइ छ।

प्रकाशित: May 14, 2021| 06:22 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।