बुधबार, भदौ १०, २०८३

एकै घरका तीन संक्रमितको मृत्युपछि गाउँले थप त्रसित 

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना ससंक्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक साताभित्रै मृत्यु भएको हो।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना ससंक्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक साताभित्रै मृत्यु भएको हो। बडिगाड–४ को जलजलामा दुई साताअघि विवाहभोज खाएकाहरू नै संक्रमित भएका थिए। मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन्। उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बतााए।

एक साताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ। यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ। अधिकांश मानिस डराएका छन्। गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ। प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेध आदेश लगाएको छ। रासस
 

प्रकाशित: May 14, 2021| 05:41 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।