काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्दै शुभकामना दिएका छन्। साथै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको ४३ औं प्रधानमन्त्री नियुक्त भएकोमा पनि बधाई दिएका छन्।
‘नेकपा (एमाले)का दुई वरिष्ठ नेताहरू अध्यक्ष क.केपी शर्मा ओली र पार्टीका पूर्व महासचिव क.माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद सुरु भएको छ,’ उनले उल्लेख गरेका छन्, ‘यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ।’