बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंबाट हुने सम्पूर्ण ढुवानी सेवा जेठ १० सम्म स्थगित

काठमाडौंबाट हुने सम्पूर्ण ढुवानी सेवा जेठ १० सम्म स्थगित

सामान ढुवानी व्यवसायीहरूले काठमाडौं उपत्यकाबाट हुने सम्पूर्ण ढुवानी सेवा जेठ १० गते सम्मका लागि स्थगित गर्ने निर्णय गरेका छन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं - सामान ढुवानी व्यवसायीहरूले काठमाडौं उपत्यकाबाट हुने सम्पूर्ण ढुवानी सेवा जेठ १० गते सम्मका लागि स्थगित गर्ने निर्णय गरेका छन्।

स्वास्थ्य सुरक्षा र स्थानीय प्रशासनको अवरोधलाई कारण देखाउँदै नेपाल सामान ढुवानी व्यवसायी संघ, काठमाडौं सामान ढुवानी व्यवसायी संघ र संयुक्त सामान ढुवानी व्यवसायीसँगको सयुक्त बैठकले यस्तो निर्णय गरेको हो। 

संयुक्त ढुवानी व्यवसायी संघका सचिव धर्मराज पोखरेलले भने, ‘गृह मन्त्रालय र सीडीओ कार्यालयको निर्देशनबमोजिम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अत्यावश्यक सामान ढुवानी गरिरहँदा पनि स्थानीयबाट अवरोध भएकाले सेवा नै बन्द गर्नुपर्‍यो।’

ढुवानी व्यवसायीले परिस्थिति अनुकूल भएमा र अवरोध नभएमा १० गतेपछि भने सेवा जारी राख्ने बताएका छन्।

प्रकाशित: May 14, 2021| 04:37 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।