बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगरमा काेराेना संक्रमणबाट एक अधिकारकर्मीकाे मृत्यु

विराटनगरमा काेराेना संक्रमणबाट एक अधिकारकर्मीकाे मृत्यु

काेराेना संक्रमणबाट विराटनगरमा एक अधिकारकर्मीकाे मृत्यु भएकाे छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

विराटनगर - काेराेना संक्रमणबाट विराटनगरमा एक अधिकारकर्मीकाे मृत्यु भएकाे छ। काेशी अस्पताल काेभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचाररत ३८ वर्षीय पुरूषकाे गयराति मृत्यु भएकाे अस्पतालले जनाएकाे छ।

काेराेना संक्रमण भएपछि वैशाख १९ गते अस्पताल भर्ना गरिएकाे थियाे। उनमा श्वासप्रश्वासमा समस्या रहेकाे अस्पतालले जनाएकाे छ।

सिन्धुली स्थायी घर भएका उनी केही वर्षदेखि महिला अधिकारकाे क्षेत्रमा कार्यरत संस्थाका विराटनगर प्रमुख थिए। 

उनकाे शव व्यवस्थापनकाे तयारी भइरहेकाे काेशी काेभिड अस्पतालका संयाेजक बैजनाथ साहले जानकारी दिए।

प्रकाशित: May 14, 2021| 04:18 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।