काठमाडाैं - कोभिड-१९ संक्रमितकाे संख्या दिनानुदिन बढ्दै गएपछि सिरहामा तीन साताका लागि निषेध आदेश थप गरिएको छ।
जोखिम न्यूनीकरण गर्न बिहीबार बसेको डीसीसीएमसीको बैठकले गरेको निर्णय अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेध आदेश जारी गरेको हो ।
निषेध आदेश अवधिभर निजी तथा सार्वजनिक सवारीसाधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायत बन्द रहने जनाइएको छ।
स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारीसाधन भने सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।
खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ६ बजेदेखि साढे ९ बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ।अहिलेसम्म सिरहमा ३५४ जनामा संक्रमण देखिएको छ, जसमध्ये ३१ जना निको भइसकेका छन् भने १८ जनाको मृत्यु भइसकेको छ।