बुधबार, भदौ १०, २०८३

कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट दुई जनाको मृत्यु

कृष्णपुर नगरपालिका-६ मौरीफाँटामा बिहीबार से १ त ४४४१ नम्बरको ट्रयाक्टरले से ३ प ३००४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

कञ्चनपुर - कृष्णपुर नगरपालिका-६ मौरीफाँटामा बिहीबार से १ त ४४४१ नम्बरको ट्रयाक्टरले से ३ प ३००४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार मोटरसाइकलमा सवार ३० वर्षीय सुरज जप्रेल र २८ वर्षीय प्रकाश रोकायाको मृत्यु भएको हो।

प्रकाशको घटनास्थलमै र सुरजको उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको बताइएको छ। मृतक दुवै कृष्णपुर नगरपालिकाका बासिन्दा हुन्। 

ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक दुवैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। रासस

प्रकाशित: May 14, 2021| 01:17 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।