सोमबार, चैत ९, २०८२

क्यान्सर संक्रमितले कोरोना खोप लगाउनु भन्दा पहिले यस्ता कुरामा ध्यान दिनुस्

क्यान्सर संक्रमितको रोग प्रतिरोधात्मक क्षमता एकदमै कम हुन्छ। यस्तो अवस्थामा कोरोना खोप लगाउन लापरबाही गर्नु हुँदैन। क्यान्सरको उपचार एकदमै जटिल हुन्छ। यसका लागि अलग-अलग थेरापी आवश्यक हुन्छ। 
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

क्यान्सर संक्रमितको रोग प्रतिरोधात्मक क्षमता एकदमै कम हुन्छ। यस्तो अवस्थामा कोरोना खोप लगाउन लापरबाही गर्नु हुँदैन। क्यान्सरको उपचार एकदमै जटिल हुन्छ। यसका लागि अलग-अलग थेरापी आवश्यक हुन्छ। 

National life

यस्तो अवस्थामा क्यान्सर संक्रमितले कस्तो अवस्थामा खोप लगाउने भन्ने कुरा बुझ्न आवश्यक छ। भ्यान्सिन लगाइसकेको केही समयसम्म सर्जरी हुन सक्दैन। यदि भ्याक्सिन लगाउने सोचमा हुनुहुन्छ भने दुई-तीन दिनपछि सर्जरी हुने भए खोप लगाउनु हुँदैन।

कोरोना खोप लगाउँदा ज्वरो आउने सम्भावना हुन्छ। यस्तो अवस्थामा सर्जरी गर्न सकिँदैन।

यस्तै स्टेम सेल ट्रान्सप्लान्ट गरिरहेकाहरूले पनि खोप लगाउनु हुँदैन। रक्त कोशिकाको कमि हुनेहरूले खोप लगाउन सक्दैनन्। यस्तो अवस्थामा आफ्नो चिकित्सकसँग परामर्श लिएर मात्र खोप लगाउनुपर्छ। 

क्यान्सरमा रेडिएशन थेरापी धेरै बिरामीको उपचार पद्धति हो। यस्तो अवस्थामा कुनै समस्या नभए खोप लगाउन सकिन्छ। तर, खोप लगाउँदा आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ। हातलाई पटक-पटक सेनिटाइज गर्नुका साथै मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ।

Laxmi sunrise bank
kumari

किमोथेरापीको समयमा भ्याक्सिन लगाउने सोचमा भए चिकित्सकको परामर्श लिनुपर्छ। शरीरमा सेतो रक्तकोषिकाको मात्रा ठिक भए मात्रै खोप लगाउनु उपयुक्त हुन्छ। खोप लगाइसकेपछि ज्वरो अत्याधिक आयो भने किमोथेरापी पनि गर्न सकिँदैन। त्यसैले चिकित्सकको परामर्श अनिवार्य हुन्छ।

केहि दिनका लागि क्यान्सरको उपचार रोक्ने सोचमा भए दुवै डोज लगाउनसम्म उपचार रोकेको राम्रो। यदि यो सम्भव नभए चिकित्सकको परामर्शमा मात्र खोप लगाउनुपर्छ।

प्रकाशित: May 14, 2021| 00:49 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्