बुधबार, भदौ १०, २०८३

केपी शर्मा ओली बने तेस्रो पटक प्रधानमन्त्री

केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ३ बमोजिम एमाले संसदीय दलका नेता ओलीलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

यसअघि उनी २०७२ असोज २५ देखि २०७३ साउन १९ सम्म नेपालका पहिलोपटक प्रधानमन्त्री भएका थिए भने २०७४ चैत ३ गते संविधानका् धारा ७६ को उपधारा २ बमोजिम दोस्रो पटक प्रधानमन्त्री भएका थिए। 

ओलीले धारा १०० को उपधारा १ बमोजिम प्रतिनिधिसभामा विश्वासको मतका लागि गत सोमबार राखेको प्रस्ताव पारित हुन नसकेपछि उनी पदमुक्त भएका थिए। त्यसपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी थिइन्। 

तर बहुमतको सरकारका लागि कुनै पनि दलका नेताले दाबी पेस गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संसद्को सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथ भोलि शुक्रबार अपराह्न हुनेछ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत दिनुपर्छ। नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ। त्यो असफल भएमा मुलुक मध्यावधि चुनावतिर जानेछ।

प्रकाशित: May 13, 2021| 16:39 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।