काठमाडौं– बहुमतको सरकारका लागि कुनै पनि दलका नेताले दाबी पेस गर्न सकेनन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई बिहीबार साँझ ९ बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी थिइन्।
उक्त समयावधिभित्र कसैको पनि दाबी पेस हुन नआएको राष्ट्रपति कार्यालयले जनाएको छ।
