सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकले निषेध आदेशको अवधिमा ५० हजारभन्दा कमको निक्षेप नलिने

बैंकले निषेध आदेशको अवधिमा ५० हजारभन्दा कमको निक्षेप नलिने

अबदेखि वाणिज्य बैंकहरुले ५० हजारभन्दा कमको निक्षेप नलिने भएका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं- अबदेखि वाणिज्य बैंकहरुले ५० हजारभन्दा कमको निक्षेप नलिने भएका छन्।

नेपाल बैंकर्स संघले बिहीबार सम्पूर्ण बैंकहरुलाई सूचना जारी गरी थोरै रकमपनि निक्षेपको रुपमा लिँदा बैंकमा धेरै भिड हुने र त्यसले कोरोना संक्रमण थप मद्दत पुग्ने भएकोले ५० हजारभन्दा कमको निक्षेप नलिने जनाएको छ। 

संघले सरकारले अत्यावशक अवस्थामाबाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङको प्रयोग गर्न पनि अनुरोध गरेको छ। 

डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यकपरेको खण्डमा सम्बन्धित बैंकमाफोन वा इमेल मार्फत सम्पर्क गर्न पनि संघले ग्राहकहरुलाई अनुरोध गरेको छ। त्यसैगरी संघले बैंकहरुले आफ्ना सबै एटीएम खुल्ला राख्नुका साथै बैंककाकल सेन्टरहरुसमेत कार्यालय समयभर उपलव्ध गराउने प्रतिवद्धता समेत जनाएको छ। 

त्यस्तै संघले निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखाहरुमार्फत् खाताबाट रकम झिक्ने, खातामा रकम जम्मा गर्ने (तर ५० हजार माथिको मात्र), रकम स्थानान्तरण गर्ने, विप्रेषण भुक्तानी गर्ने र अन्तराष्ट्रिय व्यापारको लागि चाहिने एलसी लगायतको सेवा दिने काम भने सूचारु राख्ने जनाएको छ।

प्रकाशित: May 13, 2021| 15:20 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्