बुधबार, भदौ १०, २०८३

प्रदेश १ मा कोरोनाका १० हजार सक्रिय संक्रमित 

प्रदेश १ मा कोरोनाको सक्रिय संक्रमितको संख्या १० हजार ६१४ पुगेको छ। मोरङमा मात्र ४ हजार ८४० जना सक्रिय संक्रमित छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

विराटनगर- प्रदेश १ मा कोरोनाको सक्रिय संक्रमितको संख्या १० हजार ६१४ पुगेको छ। मोरङमा मात्र ४ हजार ८४० जना सक्रिय संक्रमित छन्।

झापामा २ हजार ४३१ र सुनसरीमा १ हजार ७२१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

बिहीबार प्रदेश १ मा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। २ हजार १६२ जनाको पीसीआर परीक्षण गर्दा ४४० महिला र ५९९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, तेह्रथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको छ। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ हजार ८५६ पुगेको छ। संक्रमित भएकामध्ये ३० हजार ६२७ संक्रमणमुक्त भएका छन्। 

प्रकाशित: May 13, 2021| 14:55 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।