सोमबार, चैत ९, २०८२

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा १७ पदाधिकारी नियुक्त

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं- मध्यपश्चिमाञ्चल विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ। लामो समयदेखि रिक्त रहेका पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गरेको हो।

National life

विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुखको नियुक्त गरेका हुन्। विश्वविद्यालयले व्यवस्थापन संकाय डीनमा प्रा.डा. दीपबहादुर रावल, मानविकी तथा सामाजिक शास्त्र संकायको डीनमा सहप्राध्यापक डा. लीलाधर तिवारी, विज्ञान तथा प्रविधि संकायको डीनमा डा. सुदीप ठकुरी र कृषि तथा वन विज्ञान संकायको डीनमा डा. विमलकुमार कर्णलाई नियुक्त गरिएको छ। 

त्यस्तै योजना विकास अनुगमन निर्देशनालय निर्देशकमा प्रा.डा. चन्द्रप्रकाश रिजाल, पाठ्यक्रम विकास निर्देशनालय निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालय निर्देशकमा प्रा.डा. विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा. सुधन झालाई नियुक्त गरिएको हो।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गतका ९ वटा आङ्गिक क्याम्पसको क्याम्पस प्रमुखमा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको प्रमुखमा दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पस बर्दियाको प्रमुखमा यदुप्रसाद गौतम, नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही, जलजला बहुमुखी क्याम्पस रोल्पाको प्रमुखमा खिमबहादुर खड्का, मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमको प्रमुखमा बुद्धिप्रसाद गौतम, रारा बहुमुखी क्याम्पस मुगुको प्रमुखमा सुशीलकुमार भाम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटको प्रमुखमा बलबहादुर भण्डारी, भेरी बहुमुखी क्याम्पस गुमीका सुर्खेतको प्रमुखमा तुलबहादुर राना र विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेतको प्रमुखमा तीर्थबहादुर शाही नियुक्त भएका छन्।

छनोट समितिले आवेदकले प्रस्तुत गरेको पेपर, शैक्षिक योग्यता र कार्य अनुभवसहितको आधारमा नाम सिफारिस गरेको विश्वविद्यालयले जनाएको छ। उपकुलपति सिंहले भने, ‘पहिलोपटक सक्षम व्यक्तिलाई अवसर दिन खुला छनोट समितिको सिफारिसलाई कार्यकारी परिषद्को बैठकले अनुमोदन गरेर नियुक्त गर्दा पारदर्शी नियुक्ति प्रक्रियाको सुरुवात भएको छ।’ 

Laxmi sunrise bank
kumari

नवनियुक्त पदाधिकारीलाई आगामी जेठ १ गतेदेखि काममा खटाउने विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयले यसअघि खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार नियुक्त गरेको थियो। विश्वविद्यालयले पदाधिकारी छनोटका लागि लोकसेवा आयोगका तत्कालीन सदस्य बृन्दा हाडाको संयोजकत्वमा काठमाडौँ विश्वविद्यालयका पूर्व डीन प्रा.डा. विजय केसी र त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्देशक प्रा.डा. रामेश्वर अधिकारी सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरेको थियो।

प्रकाशित: May 13, 2021| 14:50 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्