मंगलबार, साउन १९, २०८३

शिक्षकलाई २०७७ को कार्यसम्पादन मूल्यांकन फाराम असारभित्र बुझाउन आयोगको निर्देशन

शिक्षक सेवा आयोगले शैक्षिक सत्र २०७७ को कार्यसम्पादन मूल्यांकन फाराम २०७८ असार १ गते देखि ३० गतेभित्र भरिसक्न सबै शिक्षकलाई सूचित गरेको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– शिक्षक सेवा आयोगले शैक्षिक सत्र २०७७ को कार्यसम्पादन मूल्यांकन फाराम २०७८ असार १ गते देखि ३० गतेभित्र भरिसक्न सबै शिक्षकलाई सूचित गरेको छ।

शैक्षिक सत्र २०७७ को विद्यालय तहको पठनपाठन २०७८ जेठ मसान्तभित्र सम्पन्न गरी आगामी शैक्षिक सत्र २०७८ असार एक गतेबाट सुुरु हुने भएकाले शैक्षिक सत्र २०७७ को कार्य सम्पादन मूल्यांकन फाराम असार १ गते देखि ३० गते सम्म भरिसक्न आयोगले सबै शिक्षकलाई सूचित गरेको हो।

शिक्षक सेवा आयोग नियमावली, २०१७ को नियम २२ घको उपनियम (७) मा सम्बन्धित शिक्षकले शैक्षिक सत्र सुरु भएको मितिले तीस दिनभित्र कार्य सम्पादन मूल्याकन फाराम भरेर विद्यालयमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउनुपर्ने व्यवस्या छ। 

प्रकाशित: May 13, 2021| 13:53 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्