बुधबार, भदौ १०, २०८३

ओली र नेपालबीच तीन घण्टादेखि वार्ता जारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता ३ घण्टादेखि जारी छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता ३ घण्टादेखि जारी छ।

बूढानीलकण्ठ नजिक चपलीस्थित एक निजी घरमा पछिल्लो वार्ता भइरहेको छ।

माधव नेपाल पक्षले राजीनामा दिने निर्णय गरेपछि ओलीले नेपालसँग सघन वार्ता थालेका हुन्। वार्ताका लागि दुवै पक्षका नेताहरुले केही दिनदेखि छलफल गरेका थिए।

बुधबार र बिहीबार पटकपटक ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको थियो। ओलीले नेपाललाई वार्ताका लागि प्रस्ताव गरेपछि नेता नेपाल आफ्नो प्रष्ट अडानसहित वार्तामा बसेका हुन्। आजको वार्ता नै एमाले विभाजन रोक्ने निर्णायक वार्ताका रुपमा हेरिएको छ।

यसअघि आज बिहान नेपाल पक्षले ओलीका लागि आफ्ना निर्णय सच्याउने समयसीमा दिउँसो ४ बजेसम्मका लागि तोकेको थियो। तर ४ बजिसक्दा पनि दुई नेताबीच वार्ता जारी छ।

प्रकाशित: May 13, 2021| 11:43 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।