काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ। कार्यालय सचिव श्रीराम ढकालले स्थायी कमिटी बैठकमा बस्न लागेको जानकारी दिए।
अहिले ५ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। बहुमतको सरकार गठनका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज दिउँसो नेपाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ गएका थिए। त्यसलगत्तै स्थायी कमिटी बैठक डाकिएको हो।