बुधबार, भदौ १०, २०८३

महानगरले ३२ वटै वडामा खोपकेन्द्र तोक्ने

काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोजका लागि सबै वडामा खोप केन्द्र तोक्ने निर्णय गरेको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं- काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोजका लागि सबै वडामा खोप केन्द्र तोक्ने निर्णय गरेको छ।

पहिलो चरणको खोप लगाउँदा व्यवस्थित गर्न नसकिएको र सर्वसाधारणको भिडभाड बढेको भन्दै महानगरले ३२ वडा कार्यालयलाई नै खोप केन्द्र बनाउने निर्णय गरेको हो।

‘पहिलो चरणको खोपका क्रममा सिमित स्थान र अस्पताल तोक्दा सर्वसाधारणको भिडभाड भयो त्यही भिडभाड रोकी कोरोना फैलिन नदिन हरेक वडामा केन्द्र बनाउने निर्णय गरेका हौँ’, काठमाडौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने।

सबै वडामा खोप केन्द्र स्थापना हुने भएपछि भिडभाड कम हुनुका साथै जनस्वास्थ्य मापदण्डको पालना तथा कार्यान्वयनमा पनि सहज हुने र सर्वसाधारणले खोप लाउन टाढा जान नपर्ने महानगरपालिकाले बतएको छ।

महानगरले २५ चैत २०७७ देखि १५ वैशाख २०७८ सम्म १८ वर्षदेखि ५९ वर्षभित्रकाले लगाएको भेरोसेल खोपको दोस्रो डोज २ जेठदेखि काठमाडौंका ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ।

प्रकाशित: May 13, 2021| 10:50 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।