बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा र दाहालबीच बहुमतको सरकार गठनका लागि  निवेदन पेस गर्ने सहमति

देउवा र दाहालबीच बहुमतको सरकार गठनका लागि  निवेदन पेस गर्ने सहमति

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष निवेदन पेस गर्ने सहमति भएको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष निवेदन पेस गर्ने सहमति भएको छ।

दुई नेताबीच बिहीबार अपराह्न भएको करिब एक घण्टा लामो भेटवार्तामा यस्तो सहमति भएको कांग्रेस उच्च स्रोतले नेपाल समयलाई जानकारी दियो।

वैशाख २७ गते संघीय संसद्मा विश्वासको मत लिन नसकेपछि केपी ओली नेतृत्वको सरकार कामचलाउमा परिणत भएको छ। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार प्रधानमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले दिएको समयसीमा आज राति ९ बजे सकिँदै छ। सोहीअनुसार नयाँ प्रधानमन्त्रीका लाागि कांग्रेस सभापति  देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष निवेदन पेस गर्ने सहमति भएको हो।

प्रकाशित: May 13, 2021| 10:28 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।