काठमाडौं– एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले चार नेतालाई कारबाही फुकुवा गरेकाे पत्र पठाएका छन्।
एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो।
सोहीअनुसार चारै नेतालाई कारबाही फुकुवाको पत्र पठाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। पत्रमा अध्यक्ष ओलीको हस्ताक्षर छ। ओलीले यी चार नेतालाई चैत १६ गते पार्टी सदस्यबाटै निलम्बन गरेका थिए।

