बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा–दाहाल छलफल सकियो, परिस्थिति हेरेर देउवाले निर्णय लिने

देउवा–दाहाल छलफल सकियो, परिस्थिति हेरेर देउवाले निर्णय लिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। करिब एक घण्टा लामो भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भएको बताइएको छ। 

सरकार गठनका लागि बहुमतसहित दाबी गर्ने समय सकिन लाग्दासमेत ठोस सहमति जुट्न नसकेका बेला के गर्ने भन्ने विषयमा दुई नेताबीच छलफल भएको हो। 

दुई पार्टीको मात्रै बहुमत नपुग्ने, जसपाभित्रको विवाद र एमालेकै माधव नेपाल पक्षधरको पनि राजीनामा नआइसकेको भन्दै कसरी अगाडि बढ्ने भन्ने विषयमा गहन छलफल भएको बताइएको छ। 

देउवाले साँझसम्मको परिस्थिति हेरेर आवश्यक कदम चाल्ने बताएको स्रोतले जानकारी दिएको छ। आजै सभापति देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। उक्त बैठकमा पनि पछिल्लो परिस्थितिका बारेमा नै छलफल हुने बताइएको छ।

प्रकाशित: May 13, 2021| 10:02 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।