बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल पक्षलाई कानुन व्यवसायीको सुझाव– तत्काल राजीनामा नदिनुस्, पार्टीभित्रै संघर्ष गर्नुस्

नेपाल पक्षलाई कानुन व्यवसायीको सुझाव– तत्काल राजीनामा नदिनुस्, पार्टीभित्रै संघर्ष गर्नुस्

नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षलाई कानुन व्यवसायीहरुले तत्कालै सांसद पदबाट राजीनामा नदिन सुझाव दिएका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षलाई कानुन व्यवसायीहरुले तत्कालै सांसद पदबाट राजीनामा नदिन सुझाव दिएका छन्।

नेता नेपालको निवास कोटेश्वरमा भएको छलफलमा कानुन व्यवसायीहरुले अहिले नै राजीनामा दिइहाल्नु आवश्यक नभएको बताएका हुन्। 

सरकार निर्माणमा देखिएको जटिलता, राजीनामा दिँदा के हुन्छ वा त्यसको विकल्पमा के गर्ने भन्ने विषयमा छलफल गर्न नेता नेपालले वरिष्ठ अधिवक्ता शम्भु थापा, डा. टीकाराम भट्टराई र गोविन्द बन्दीलाई छलफलका लागि बोलाएका थिए।

‘उहाँहरु राजीनामा दिने भनेर तयारी अवस्थामा नै हुनुहुन्छ,’ भट्टराईले भने, ‘हामीले अहिले नै राजीनामा नदिनुुस्, पार्टीभित्र नै संघर्ष गर्नुस् भनेका छौं।’

संविधानको धारा ७६ (२) को प्रक्रियामात्रै अहिले शुरु भएको र यसअघि अन्य प्रक्रिया बाँकी नै रहेको भन्दै उनले अहिले नै राजीनामाको विकल्पमा जान नहुने सुझाव दिएको बताए।

सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसला अनुसार २०७५ जेठ २ गतेमा पुगेर फेरि सहमति हुने सम्भावना पार्टीभित्र भएमा सहमति गर्न पनि कानुन व्यवसायीहरुले सुझाव दिएका छन्।  

‘संविधानको धारा ७६ को (२) सरकार नबन्दा उपधारा ३ अनुसार बनेर एक महिनाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा ७६ (५)मा सरकार बन्ने र उक्त अवस्थामा दलीय समर्थन नचाहिने अनि ह्विप पनि नलाग्ने सुझाव दिएका छौं,’ उनले भने।

धारा ७६ को उपधारा (५) मा दलको ह्विप लाग्छ कि लाग्दैन र दलीय सहमति आवश्यक पर्छ कि पर्दैन भनेर नेपालले जिज्ञासा राखेका थिए। ५ वर्षका लागि जनताको प्रतिनिधि भएर चुनिएर आएकाले अहिले नै जनप्रतिनिधि विहिनको अवस्था आउँदा त्यसले राम्रो सन्देश नजाने भएकाले नहतारिन कानुन व्यवसायीले सुझाएका हुन्।

प्रकाशित: May 13, 2021| 09:29 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।