बुधबार, भदौ १०, २०८३

आफू निकट सांसद लिएर महन्थ ठाकुर भक्तपुरको रिसोर्टमा

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेले आफू निकट सांसदहरुलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेले आफू निकट सांसदहरुलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समयसीमा सकिनु केही घण्टाअघि जसपाका दुई नेताले आफू निकट सांसदलाई रिसोर्टमा लगेका हुन्।

रिसोर्टमा पुगेका एक सांसदले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङका लागि आफूहरु त्यहाँ पुगेको बताए। ‘हामी अहिले भक्तपुरको एक रिसोर्टमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘अध्यक्ष र वरिष्ठ नेताले पछिल्लो अवस्थाका बारेमा जानकारी दिइरहनुभएको छ।’

सरकार गठनबारे राजपमा तीव्र मतभेद छ। अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो केपी ओलीकै सरकारको निरन्तरता चाहन्छन् भने दुई अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई नयाँ सरकार बनाउने दौडधुपमा छन्। 

आफूसँग बहुमत सांसद भएको दाबी गरेका महन्थ–राजेन्द्र पक्षको अहिले भइरहेको छलफलमा १३ जना सांसदमात्रै सहभागी रहेको बताइएको छ। जसपामा ३२ जना सांसद छन्। 

नेपाली कांग्रेसको नेतृत्वमा दलहरुले नयाँ सरकार गठनको तयारी तीव्र बनाए पनि जसपाको महन्थ–राजेन्द्र पक्ष यसमा सहमत भएको छैन।

आज नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यो पक्षले जसपाको भर नपर्न भनेको थियो। भेटका क्रममा महन्थ ठाकुरले आफ्नै नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका थिए।

प्रकाशित: May 13, 2021| 09:13 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।