काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
दुई नेताबीच देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता जारी रहेको दाहालको सचिवालयले जनाएको छ। नयाँ सरकार निर्माणमा लागेका दुई दलका नेताहरुबीच पछिल्लो घटनाक्रमका बारेमा छलफल भइरहेको हो।