बिहीबार, फागुन २८, २०८२

भारतमा एकै जिल्लाका १८ डाक्टरको सामूहिक राजीनामा

कोरोना भाइरसको महामारी उच्च विन्दुमा पुगिरहेको बेला भारतको उत्तर प्रदेशमा १६ जना डाक्टरले सामूहिक राजीनामा दिएका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– कोरोना भाइरसको महामारी उच्च विन्दुमा पुगिरहेको बेला भारतको उत्तर प्रदेशमा १६ जना डाक्टरले सामूहिक राजीनामा दिएका छन्।

National life

जिल्ला स्वास्थ्य कार्यालयका अधिकारी र स्वास्थ्य विभागका अधिकारीहरुले आफूहरुसँग राम्रो व्यवहार नगरेको भन्दै उनीहरुले राजीनामा दिएका हुन्। 

प्रशासनको तानाशाही व्यवहार र स्वास्थ्यकर्मीलाई कुनैपनि सहयोग नगरेका कारण स्वाथ्यकर्मीले सामूहिक राजीनामा दिनुपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन। स्वाथ्यकर्मीले दिलोज्यान दिई निष्ठाका साथ महामारीमा काम गरिरहेका भए पनि जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य विभागले शक्तिको रवैया देखाई दण्डात्मक आदेश जारी गरी स्वास्थ्यकर्मीलाई निरुत्साहित गरेको उनीहरुको आरोप छ। 

स्वास्थ्यकर्मीले ज्यान जोखिममा राखेर काम गर्दा पनि स्वास्थ्य कार्यालय र स्वास्थ्य विभागले जहिल्यै असहयोग र निरुत्साहित गर्ने गरेको उनीहरुले जनाएका छन्। 
 

प्रकाशित: May 13, 2021| 08:11 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।