बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आपतमा परेका यात्रुसँग ६ गुणासम्म गाडी भाडा असुली, ३३ जना प्रहरीको फन्दामा

आपतमा परेका यात्रुसँग ६ गुणासम्म गाडी भाडा असुली, ३३ जना प्रहरीको फन्दामा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा निषेध आदेश घोषणापछि परिचालन गरेको ठगीविरुद्धको विशेष अपरेसन टोलीले विभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरिरहेको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा निषेध आदेश घोषणापछि परिचालन गरेको ठगीविरुद्धको विशेष अपरेसन टोलीले विभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरिरहेको छ।

ट्राफिक प्रहरीले बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निगरानी गरी हालसम्म ३३ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।  

वैदेशिक रोजगारीबाट घर फर्किने र जरुरी कामको सिलसिलामा उपत्यकाबाहिर जाने यात्रुसँग ६ गुणासम्म बढी भाडा लिने गरेको र त्यस्तो कार्यमा काउण्टरका कर्मचारीको समेत संलग्नता पाएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ। 

निषेध आदेश घोषणापछि गोंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ स्टाफलाई पक्राउ गर्दै आएकोछ । तोकिएको भम्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ।
 

प्रकाशित: May 13, 2021| 07:58 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।