काठमाडौं– चरम विवादमा फसेको नेकपा (एमाले) मा विवाद मिलाउने अन्तिम कसरतमा नेताहरु छन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले असन्तुष्ट समूहका मुख्य नेता माधवकुमार नेपाललाई फोन गरेर वार्ताको लागि आग्रह गरेका छन्। दुवै पक्षका दोस्रो तहका नेताहरु समस्या समाधानका लागि प्रयासरत देखिएका छन्।
यसैबीच, असन्तुष्ट समूहले आफ्ना माग पूरा गराउन संस्थापन पक्षलाई आज अपराह्न साढे ४ बजेसम्मको समय दिएको छ। त्यतिबेलासम्म पनि ओलीले माग पूरा गर्ने प्रतिवद्धता नजनाए आफूहरुले संसद् सदस्यबाट राजीनामा दिने चेतावनी उक्त समूहले दिएको छ।
यसैबीच, अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता तय भएको छ। दुई नेताको आजको भेट निर्णायक हुने बताइएको छ।