बुधबार, भदौ १०, २०८३

ओली–नेपाल भेटवार्ता तय

नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता तय भएको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता तय भएको छ।

दुवै नेताहरुबीच भेटवार्ता तय भएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले पुष्टि गरे। तर, समय र ठाउँ भने यकिन भइसकेको छैन।
हिजो र आज दुवै नेताहरुबीच पटक–पटक टेलिफोन कुराकानी भएको थियो।

त्यस्तै नेता विष्णु पौडेल, नेपाल निकट सांसद सोमप्रसाद पाण्डे लगायत पनि दुई नेताहरुबीच भेटवार्ता गराउन प्रयासरत थिए।

आजै बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित चारजना नेतालाई गरिएको कारवाही फुकुवा गरेको थियो। नेता नेपाल निकट स्रोतका अनुसार आजको भेट नै निर्णायक हुनेछ। 

प्रकाशित: May 13, 2021| 07:36 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।