काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा बिएस्सी एग्रिकल्चर विषयमा निःशुल्क छात्र वृत्तिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरूको पूर्वमनोयन सूचि प्रकाशित गरेको छ।
मन्त्रालयले योग्यता क्रमअनुसार दश जना विद्यार्थीको मनोनयन गरी सूचि प्रकाशन गरेको हो। मन्त्रालयको निर्णय अनुसार गोकुलेश्वर कृषितथा पशुविज्ञान कलेज बैतडी, क्यम्पस अफलाइभ साइन्स फूलबारी दाङ र पृथु टेक्निकल कलेज लमही दाङका लागि छात्रवृत्तिमा आवेदन दिएका उम्मेदवारको छात्रवृत्तिको पूर्वमनोनयनको सूचि प्रकाशित गरिएको मन्त्रालयको छात्रवृत्ति शाखाले सूचनामार्फत जानकारी दिएको हो।
मन्त्रालयले मनोनयनमा परेका विद्यार्थीलाई जेठ २ गते भित्र इमेलमार्फत सम्बन्धीत विद्यार्थीले अध्ययनका लागि इच्छुक भएको वा नभएको निवेदनसहितको कागजात पठाउन सूचित गरेको छ।