बुधबार, भदौ १०, २०८३

ओलीले नेपाललाई फोन गरेर भने– भेटेर कुरा गरौं

नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन कुराकानी भएको छ। 
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन कुराकानी भएको छ। 

नेता नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका बेला त्यसलाई रोक्ने प्रयासस्वरुप ओलीले आज नेता नेपाललाई टेलिफोन गरेका हुन्। 

टेलिफोन गरेर ओलीले नेता नेपाललाई भेटवार्ताका लागि प्रस्ताव राखेको नेता सुवास नेम्बाङले जानकारी दिए। ‘प्रधानमन्त्रीले तपाईं र म भेटेर कुरा गरौं भन्नुभयो,’ टेलिफोन कुराकानीबारे उनले भने, ‘नेता नेपालले म खबर गर्छु दुई–अढाई घन्टापछि भन्नुभएको छ।’

ओलीले कुराकानी गरेर सहमतिका साथ अगाडि बढ्ने प्रस्ताव राखेका हुन्। आजै बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ। 

सम्भवतः आज नै ओली र नेपालबीच भेटवार्ता हुने सम्भावना देखिएको छ। ओली कार्यदल बनाएर छलफल गर्न सहमत देखिएको एमाले स्रोतले जानकारी दिएको छ। अध्यक्ष ओली नेकपा हुँदाकै स्थायी कमिटीका सदस्यहरूको बैठक बोलाउन तयार देखिएका छन्।

तर, माधव नेपाल पक्षले भने अहिले एमालेकै स्थायी कमिटी बस्नुपर्ने र त्यसमा पूर्व माओवादीबाट आएका साथीहरुको सहभागिता नहुने बताइरहेको छ। 

वैशाख २७ मा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलहरुको संयुक्त सरकारका निम्ति दिएको समय आजै सकिँदैछ। त्यसअघि ओलीले पार्टीभित्रको असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने प्रयास तीव्र पारेका हुन्।

प्रकाशित: May 13, 2021| 07:22 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।