बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको दाबी पेश गर्ने प्रयासमा देउवा, जसपाको पनि आफ्नै दाउ 

प्रधानमन्त्रीको दाबी पेश गर्ने प्रयासमा देउवा, जसपाको पनि आफ्नै दाउ 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारमा आफ्नो नेतृत्वका लागि दाबी पेश गर्ने तयारी गरेका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारमा आफ्नो नेतृत्वका लागि दाबी पेश गर्ने तयारी गरेका छन्।

नेकपा माओवादी केन्द्र, र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गर्ने तयारी गरेका हुन्।

कांग्रेसले एमालेका माधवकुमार नेपाल पक्षका नेताहरुसँग पनि पहल जारी राखेको छ। आजमात्रै देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर छलफल गरेका थिए।

आफ्नै नेतृत्वमा सरकार गठनका लागि बहुमत जुटाउने प्रयासस्वरूप देउवाले ठाकुर र महतोसँग छलफल गरेका हुन्। देउवा निकट नेताहरू पूर्णबहादुर खड्का, बालकृष्ण खाड र ज्ञानेन्द्रबहादुर कार्की अन्य दलका नेताहरूसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। त्यो समय आज बेलुका ९ बजे सकिँदैछ।

जसपाको ठाकुर पक्षले भने आफ्नै नेतृत्वमा सरकार बनाउन देउवासँग प्रस्ताव गरेको छ। आज बिहानको भेटमा महन्थ ठाकुरको नेतृत्वमा सरकार बनाउने प्रस्ताव जसपाले गरेको हो। जसपाको महन्थ–राजेन्द्र पक्षले देउवाको नेतृत्वमा सरकार बनाउने विषयमा आफूहरु नरहेको बताइरहेको छ। 

जसपा कार्यकारिणी समितिका सदस्य एवम् ठाकुर निकट नेता सुरेन्द्र झाले पनि आज बिहान नेपाल समयसँगको कुराकानीमा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीका लागि कांग्रेसले प्रस्ताव गरेमात्रै केही समीकरण परिवर्तन हुन सक्ने नत्र आफूहरु अहिले सरकार बनाउने जोेडघटाउमा नरहने बताएका थिए।

प्रकाशित: May 13, 2021| 07:11 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।