बुधबार, भदौ १०, २०८३

अक्सिजन खरिदका लागि साढे ५१ हजार सहयोग

कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष एवं व्यवसायी मदनराज पन्तले अक्सिजन खरिदका लागि महाकाली अञ्चल अस्पताललाई साढे ५१ हजार आर्थिक सहयोग गरेका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं - कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष एवं व्यवसायी मदनराज पन्तले अक्सिजन खरिदका लागि महाकाली अञ्चल अस्पताललाई साढे ५१ हजार आर्थिक सहयोग गरेका छन्।

अक्सिजन अभावमा ग्रुजिरहेको अस्पतालका लागि आफूले अलिकति भए पनि आर्थिक सहयोग गरेको उनले बताए। अक्सिजनको अभावमा महाकाली अञ्चल अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीले समस्या भोगिरहेका छन्। 

दैनिक संक्रमित थपिने र अक्सिजन आवश्यक पर्ने भएपछि अहिले महेन्द्रनगरमा अक्सिजनको अभाव भएको छ। त्यहाँका व्यवसायीलगायत सबै क्षेत्रका मानिसहरूले अहिले आफ्नो ठाउँबाट आर्थिक संकलन गरेर अक्सिजनको जोहो गरिरहेका छन्। 

उपाध्यक्ष पन्तले आफनो तर्फबाट थप आवश्यक सहयोग गर्न पनि तयार रहेको बताए।

प्रकाशित: May 13, 2021| 06:53 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।