बुधबार, भदौ १०, २०८३

धनुषामा जेठ १० गतेसम्म लम्ब्याइयो निषेध आदेश

कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको समयमा धनुषामा लगाइएको निषेध आदेश जेठ १० गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ। 
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

जनकपुरधाम– कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको समयमा धनुषामा लगाइएको निषेध आदेश जेठ १० गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख १९ गतेदेखि लगाएको निषेध आदेश वैशाख ३१ गते सम्पन्न हुनै लाग्दा पुनः समय बढाउने निर्णय गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कोरोना संक्रमण दर कम गर्न तथा चेन ब्रेक गर्न निषेध आदेश लगाइए पनि संक्रमण तथा मृत्यु दरमा सुधार नआएकाले जेठ १० गतेसम्मका लागि निषेध आदेशको समय बढाइएको बताए। 

त्यस्तै जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अस्पतालहरुमा अक्सिजनको माग अत्यधिक बढे पनि सीमित सिलिन्डर रहेकाले १ सय २५ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराउनका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीसँग अनुरोध गर्ने निर्णय गरेको छ। 

बैठकले निषेध आदेशलाई कार्यान्वयनका लागि खटाइएको सुरक्षाकर्मीहरुको इन्धन तथा सुरक्षा उपकरणका लागि ७ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ। 

जिल्लामा एम्बुलेन्स पर्याप्त भए पनि विरामीहरु समयमा एम्बुलेन्स नपाएको, कोरोना विरामीलाई अस्पतालसम्म नपुर्याएको तथा अत्यधिक भाडा लिने गरेको गुनासो आएकाले त्यस्तो नगर्न आग्रह गर्दै त्यस्तो गरेमा  प्रचलित कानुनबमोजिम कारवाही गर्ने निर्णय गरिएको प्रजिअ बास्तोलाले बताए।

प्रकाशित: May 13, 2021| 06:49 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।