बुधबार, भदौ १०, २०८३

मोरङमा ६ जना कोरोना संक्रमितको मृत्यु 

मोरङमा कोरोना भाइरस संक्रमणबाट ६ जनाको बिहीबार बिहान मृत्यु भएको छ। 
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

विराटनगर – मोरङमा कोरोना भाइरस संक्रमणबाट ६ जनाको बिहीबार बिहान मृत्यु भएको छ। 

विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा विराटनगरका दुई जना तथा ललितपुर, सप्तरी, सुनसरी र मोरङको उर्लाबारीका एक/एक जना छन्। 

मोरङको उर्लाबारी नगरपालिका–२ का ४६ वर्षीय पुरुषको बिहानका राति १ बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो। उनलाई उपचारका लागि वैशाख २८ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। 

उनका अनुसार सुनसरीको इनरुवा नगरपालिकाकी १८ वर्षीया युवतीको बिहान ४:४० बजेतिर नोबेलमै मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि २८ गते नै भर्ना गरिएको जानकारी दाहालले दिए। 

सप्तरीको कन्चनपुर–८ का ७० वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि गत वैशाख १२ गते उपचारका लागि भर्ना गरिएका वृद्धको बिहान ५ बजेतिर ज्यान गएको दाहालले बताए। 

विराटनगर महानगरपालिका–४ का ६० वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ। केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा संक्रमित वृद्ध पुरुषको बिहानका राति १ बजेतिर मृत्यु भएको राजवंशीको भनाइ छ।

उनका अनुसार ललितपुर महानगरपालिका घर भएका ५८ वर्षीय पुरुषको पनि कोसीमै मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर परीक्षण गराउँदा उनलाई संक्रमण पुष्टि भएको थियो। उपचारका लागि त्यही दिन अस्पताल भर्ना गरिएका पुरुषको बिहान ४:३० बजेतिर मृत्यु भएको जानकारी राजवंशीले दिए। 

विराटनगर–१ का ३० वर्षीय युवाको बिहानका राति १२:३० बजेतिर मृत्यु भएको छ। उनको विराट शिक्षण अस्पतालमा ज्यान गएको हो। विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार कोरोना पुष्टि भएका युवालाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा युवाको मृत्यु भएको उनको भनाइ छ। 

प्रकाशित: May 13, 2021| 06:46 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।