बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चार नेताको कारवाही फुकुवापछि योगेशको प्रतिक्रिया– अब सहमति गर्नुपर्छ

चार नेताको कारवाही फुकुवापछि योगेशको प्रतिक्रिया– अब सहमति गर्नुपर्छ

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार जना नेताहरुमाथि गरिएको कारवाही फिर्ता लिने निर्णय सकारात्मक भएको नेता योगेश भट्टराईले प्रतिक्रिया दिएका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार जना नेताहरुमाथि गरिएको कारवाही फिर्ता लिने निर्णय सकारात्मक भएको नेता योगेश भट्टराईले प्रतिक्रिया दिएका छन्।

ट्विट गर्दै नेता भट्टराईले भनेका छन्, ‘हिजो गल्ती भएको थियो। त्यसलाई सच्याउनु राम्रो हो।’ उनले अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्ने बताएका छन्। नेता भट्टराई पार्टी विभाजन हुन नदिन शुरुवातदेखि नै सक्रिय भएर लागेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले चार नेतालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय फिर्ता लिँदै फुकुवा गरेको हो। नेता नेपाल पक्षले सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाअनुसार २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताउँदै आएको छ।

प्रकाशित: May 13, 2021| 06:44 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।