काठमाडौं - नेकपा एमालेको असन्तुष्ट माधव नेपाल पक्षले कानुन व्यवसायीसँग परामर्श गरिरहेको छ।
सांसदबाट राजीनामा दिने तयारीमा रहेको माधव पक्षले राजीनामा दिने वा अन्य कुन विकल्पमा अघि बढ्न सकिन्छ भन्ने विषयमा कानुन व्यवसायीसँग परामर्श गरिरहेको हो।
नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नै अहिले छलफल भइरहेको उनी निकट स्रोतले जानकारी दिएको छ।
वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, डा. टीकाराम भट्टराई र गोविन्द बन्दीसँग अहिले छलफल भइरहेको छ।