बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले स्थायी कमिटी बैठक : माधव नेपालसहित चार जना नेताको निलम्बन फुकुवा

एमाले स्थायी कमिटी बैठक : माधव नेपालसहित चार जना नेताको निलम्बन फुकुवा

नेकपा एमालेको स्थायी कमिटी बैठकले माधव नेपालसहितका निलम्बन गरिएका चारजना नेताहरूको निलम्बन फुकुवा गरेको छ। 
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं - नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित चारजना नेताको निलम्बन फुकुवा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार निलम्बन फुकुवा गरिएका नेतामा वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्य भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे छन्।

एमालेले यी चार नेतालाई ६ महिनाका लागि निलम्बन गरेको थियो। पार्टी एकता रक्षाका  लागि विगतका सबै कुरा बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै  बैठकले यस्तो निर्णय गरेको हो। बैठकले नेताहरुलाई आफ्नो सरकार ढालेर विपक्षीको सरकार बनाउने कारक बन्ने बाटोमा नहिँड्न आह्वान गरेको छ। 

एमालेले वरिष्ठ नेता नेपालसहित चार नेतालाई  चैत १६ गते निलम्बन गरेकाे थियाे। 

प्रकाशित: May 13, 2021| 05:26 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।