बुधबार, भदौ १०, २०८३

लुम्बिनी प्रदेश योजना आयोगमा गौतम नियुक्त 

लुम्विनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा. डा. ईश्वर गौतमलाई नियुक्त गरेको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

बुटवल - लुम्विनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा. डा. ईश्वर गौतमलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले लुम्विनी प्रदेश योजना आयोगको उपाध्यक्षमा दोस्रो पटकका लागि डा. गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो। 

प्रदेश योजना आयोग सदस्यमा दाङका तेजबहादुर बस्नेतलाई नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

त्यसैगरी बैठकले जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ। 

यसैगरि कोरोना महामारी बढ्दै गएपछि दुई प्रादेशिक अस्पतालमा जिम्मेवारी दिइएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा डा. मनिलाल श्रेष्ठ र राप्ती प्रादेशिक अस्पताल दाङमा जीवनारायण यादवलाई कामकाजमा खटाउने निर्णय भएको सचिवालयले जनाएको छ।

त्यसैगरी यसअघि सामाजिक मन्त्रालयका सचिव सदस्य सचिव रहँदै आएको कोभिड कोषको सदस्य सचिवमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई राख्ने ब्यवस्था गरेको छ।

प्रकाशित: May 13, 2021| 05:07 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।