बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणका लागि योगेश भट्टराईले गरे सरकारको ध्यानाकर्षण 

कोरोना नियन्त्रणका लागि योगेश भट्टराईले गरे सरकारको ध्यानाकर्षण 

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि एमाले नेता योगेश भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत् उनले चारवटा विषयमा ध्यानाकर्षण गराएका हुन्। 
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं - कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि एमाले नेता योगेश भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत् उनले चारवटा विषयमा ध्यानाकर्षण गराएका हुन्। 

‘आज विश्व नै कोभिडबाट आक्रान्त छ। हरेक दिन बिरामीहरूको अकाल मृत्यु र उनीहरूका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बाँचेकाहरू लाचार बनिरहेको अवस्था छ,’उनी भन्छन्,‘हाम्रो देश अझ संकट तिर जाँदै छ। बिगतदेखि कै सरकारहरूले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो बिस्फोट बन्न पुगेको छ।’

बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले सबै लज्जित बनेको उनले भनेका छन्।

‘यस्तो सँवेदनसील अवस्थामा भइरहेका अस्वस्थ राजनीतिक खेलहरूले सरकार, राज्यसंयन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढदै गएर ब्यवस्था नै धरापमा पर्न सक्ने सम्भावनाप्रति सबै सचेत हुनुपर्दछ,’उनले भनेका छन्।  

यस्ता छन् योगेशका चारवटा ध्यानाकर्षण

१. अहिले तुलनात्मक रुपमा चिनमा कोभिडको असर कम भएको देखिन्छ। तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरी नै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नु पर्दछ। र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनुपर्छ।  

२. २०७२ को महाभुकम्प पछि जसरी राजनीतिक बिमतीहरूलाई थाती रखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्यो, एमाले, माओवादी र नेकाका बिचमा १६  बुँदे सहमति गरी संबिधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईंमा फेरी एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ।  

३. सम्पूर्ण जनशक्तिलाई कोभिड विरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने।  

४.आर्थिक अभाव हुन नदिने। अन्य शिर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने। कोभिड बिरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने।

प्रकाशित: May 13, 2021| 04:58 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।