बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल पक्षको राजीनामा रोक्ने ओली कसरत, विष्णु पौडेल पुगे कोटेश्वर 

नेपाल पक्षको राजीनामा रोक्ने ओली कसरत, विष्णु पौडेल पुगे कोटेश्वर 

नेकपा एमालेको असन्तुष्ट समूह माधव-झलनाथ पक्ष सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेपछि नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली रोक्ने प्रयासमा जुटेका छन्।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं - नेकपा एमालेको असन्तुष्ट समूह माधव-झलनाथ पक्ष सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेपछि नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली रोक्ने प्रयासमा जुटेका छन्।

उनले आजै बिहान अर्थमन्त्री एवम् पार्टीका नेता विष्णु पौडेललाई दुतका रुपमा नेपाल निवास कोटेश्वर पठाएका थिए।

नेता पौडेलले एमालेको स्थायी कमिटीको आजको बैठक अघि नै नेता नेपाललाई भेटेर सघन छलफल गरेका छन्। 

‘राजीनामा जस्तो अप्रिय निर्णयमा नजानुस्। सहमतिबाट अघि बढौं भनेर उहाँको आग्रह थियो,’नेपाल निकट स्रोतले भन्यो। भेटमा पौडेललाई नेता नेपालले अदालतको फैसला अनुसार अघि बढ्नुपर्नेमा आफूहरु प्रष्ट रहेको प्रतिक्रिया दिएको बताइएको छ। 

नेपाल पक्षका २८ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा लिएको विश्वासको मत बहिष्कार गरेपछि ओली नेपाल पक्षको राजीनामा रोक्ने प्रयासमा लागेका हुन्।

बालुवाटार स्रोतका अनुसार आज सम्भवत ओली र माधव नेपालबीच वार्ता हुन सक्ने देखिएको छ। त्यसका लागि नेताहरू प्रयासरत रहेका छन्। तर, यकिन भने भइसकेको छैन।

प्रकाशित: May 13, 2021| 04:34 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।