बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्षलाई राजीनामाबाट रोक्ने प्रयास

ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्षलाई राजीनामाबाट रोक्ने प्रयास

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बस्न लागेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जानकारी दिए। 
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बस्न लागेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जानकारी दिए। 

‘पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो,’ उनले भने। बालुवाटार स्रोतका अनुसार आजको बैठकले माधवकुमार नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने निर्णय गर्न सक्ने बुझिएको छ।

आजै स्थायी कमिटी बैठकपछि ओलीले नेपालसँग वार्ता गर्न सक्ने बालुवाटार स्रोतको दावी छ। ‘माधव पक्षका मागका सम्बन्धमा प्रधानमन्त्रीले वार्ता गर्न चाहिरहनुभएको छ,’स्रोतले भन्यो, ‘सम्भव भए आज वार्ता पनि हुन सक्छ।’ 

असन्तुष्ट माधव नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरिरहेका बेला ओलीले त्यसलाई रोक्न अन्तिम कसरत गरिरहेका छन्।

प्रकाशित: May 13, 2021| 03:07 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।