बिहीबार, भदौ ११, २०८३

नयाँ सरकार गठनका लागि दिइएको समयसीमा आज सकिँदै

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई दिएको तीनदिनको समयसीमा आज सकिँदैछ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं - नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई दिएको तीनदिनको समयसीमा आज सकिँदैछ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी थिइन्। 

विपक्षी दलले बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्रीको नाम पेस गर्न नसके संसदमा सबैभन्दा धेरै सांसद रहेको दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने छ । 

संसदमा अहिले सबैभन्दा ठूलो दल एमाले हो । र, त्यसको संसदीय दलका नेता केपी शर्मा ओली नै हुन्। विपक्षी दलले बहुमतसहित दाबी पेश गर्ने बताए पनि अहिलेसम्म ठोस निष्कर्ष निस्केको छैन।

प्रकाशित: May 13, 2021| 02:59 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।