काठमाडौं– कोरोना संक्रमित थपिने संख्यामा लगातार दुई दिन कमी आएको भारतमा तेस्रो दिन फेरि बढेको छ।
हिजो बुधबार त्यहाँ ३ लाख ६२ हजार ७२० जना संक्रमित थपिए। त्यसैगरी २४ घण्टामा ४ हजार १३६ जनाको मृत्यु भयो।
अहिलेसम्म भारतमा २ करोड ३७ लाखभन्दा बढी कोरोना संक्रमित भइसकेका छन्। तीमध्ये २ लाख ५८ हजार ३५१ जनाको मृत्यु भइसकेको छ। अहिले पनि त्यहाँ ३ लाख ७१ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।