सोमबार, चैत ९, २०८२

के हो अक्सिजन स्याचुरेसन नाप्ने सही तरिका?

मानिसले अक्सोमिटर हड्बडिएर चाँडो चाँडो लगाउने गर्छन्। सबैभन्दा पहिले यसलाई लगाउने तरिका जान्नुपर्छ। आजभोलि त युट्युवमा हेरेर पनि सहजै अक्सोमिटर लगाउने तरिका सिक्न सकिन्छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं- देशमा कोरोना महामारीको कहर जारी छ। दिनहुँ संक्रमण बढ्दो क्रममा छ। मृतकको संख्या पनि बढ्दो छ। दोस्रो लहर फैलिएसँगै अक्सिजन अभावले संक्रमितको मृत्यु भइरहेको छ।

National life

त्यसैले चिकित्सकहरूले संक्रमण हुँदा बेलाबेला अक्सिजन लेवल जाँच गर्न सुझाव दिइरहेका छन्। तर, अक्सिजन नाप्ने सही तरिका जान्न आवश्यक छ।

कोरोना पुष्टि हुनेवित्तिकै आफूलाई आइसोलेट गर्नुपर्छ। आइसोलेट भनेको घर बाहिर नजानु मात्र नभएर परिवारका सदस्यहरूबाट समेत टाढा हुनु हो। घरको एउटा कोठामा आवश्यक सामान लिएर बस्नुपर्छ। खानेकुरा डिस्पोजल हुने भाँडामा खानुपर्छ। बाथरुम पनि अलग्गै प्रयोग गर्नुपर्छ।

घरमा आइसोलेसन हुने अवस्था नभए सरकारले बनाएको क्वारेन्टाइनमा बस्नुपर्छ। यस्तो अवस्थामा घर परिवार वा साथीसँग रहनु निकै महँगो पर्न सक्छ। 

अक्सिजन सिलिन्डरको बारेमा जानकारी नहुने मानिसले घरमा सिलिन्डर लैजानु हुँदैन। कन्सन्ट्रेटरको प्रयोग गर्नुपर्छ। यो एक डिब्बा जस्तो हुन्छ। यो ब्याट्री वा बिजुलीबाट चल्छ। यसमा एउटा मोटर हुन्छ। जसले कोठाको हावालाई खिचेर नाइट्रोजनलाई फिल्टर गरेर बिरामीसम्म अक्सिजन पुर्‍याउने काम गर्छ।

Laxmi sunrise bank
kumari

यसबाट ८५ देखि ९५ प्रतिशतसम्म अक्सिजन पाउन सकिन्छ। अक्सिजन सिलिन्डर भर्न पर्छ। यसले बिरामीलाई १०० प्रतिशतसम्म अक्सिजन दिन्छ। यदि घरमा राखिएको भए अक्सिजन सिलिन्डरको नजिक अगरबत्ती आदि राख्नु हुँदैन।

मानिसले अक्सोमिटर हड्बडिएर चाँडो चाँडो लगाउने गर्छन्। सबैभन्दा पहिले यसलाई लगाउने तरिका जान्नुपर्छ। आजभोलि त युट्युवमा हेरेर पनि सहजै अक्सोमिटर लगाउने तरिका सिक्न सकिन्छ।

अक्सिजन लेवल नाप्दा सबैभन्दा पहिले आरामसँग बस्नुपर्छ। हातमा स्यानिटाइजर गर्नुपर्छ। हातलाई सिधा राख्ने, औलालाई सिधा पार्नुपर्छ। र, कुनै एक औंलामा ३० सेकेन्डसम्म अक्सोमिटर लगाउनुपर्छ। यदि अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम भए प्रोनिङ पोजिशनमा पल्टिनुपर्छ। र, परिवारका मानिसले अस्पतालको व्यवस्था गर्नुपर्छ। आत्तिनु हुँदैन। आत्तिए समस्या थप बल्झिन सक्छ।

प्रकाशित: May 13, 2021| 01:51 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्