काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्च भएका छन्। कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचाररत साह संक्रमण मुक्त भएपछि बुधबार राति ८ बजे डिस्चार्ज भएका हन्।
कोरोना संक्रमण भएपछि शाह पूर्वरानी कोमल र छोरी प्रेरणासहित नर्भिक अस्पतालमा भर्ना भएका थिए। अक्सिजनको सपोर्टमा उनको उपचार गरिएको थियो।
अस्पतालका अनुसार तीन दिन अघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना नेगेटिभ देखिएको थियो। स्वास्थ्यमा निकै सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
अस्पतालमा उपचाररत पूर्वमहारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ। उनको अक्सिजनको सहयोगमा उपचार भइरहेको छ।
केही दिनअघि अवस्थामा सुधार भएपछि पूर्वरानी कोमललाई आईसीयूबाट वार्डमा सारिएको थियो। उनको प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो।
पूर्व अधिराजकुमारी प्रेरणा शाह भने कोरोना नेगेटिभ भए पनि आमासँगै अस्पतालमा छिन्।