बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देश भर मौसम सक्रिय, अधिकांश स्थानमा वर्षाको सम्भावना

देश भर मौसम सक्रिय, अधिकांश स्थानमा वर्षाको सम्भावना

हाल देशका अधिकांश भूभागमा सामान्य बदलीको रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं - आज देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदलीको रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर सामान्य बदली रहनुका साथै केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। 

आज राति भने प्रदेश नम्बर १ का साथै अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ।

प्रकाशित: May 13, 2021| 01:07 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।