बुटवल- अक्सिजन अभावले बिरामीको मृत्यु हुन थालपिछ रुपन्देहीमा सिमरा र चितवनबाट हेलिकोप्टरमा अक्सिजन ल्याइएको छ।
अक्सिजनको चरम अभावले दैनिक मृत्यु हुनेक्रम बढेपछि बुधबार साँझ हेलिकोप्टरमा अक्सिजन ल्याइएको हो।
सिमरा र चितवनबाट सेनाको हेलिकोप्टरमा ४० सिलिन्डर अक्सिजन ल्याइएको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए।
अक्सिजनको अभावमा बुधबार दिउँसो बुटवल कोरोना अस्पतालमा ५ जनाको मृत्यु भएको थियो भने भैरहवामा ४ जनाको मृत्यू भएको थियो।
रुपन्देहीका सबै अस्पतालमा अक्सिजनको चरम अभाव छ।