बिहीबार, भदौ ११, २०८३

हुण्डीको ८२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ

पर्सामा हुण्डी कारोबार गरेको आरोपमा ८२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ परेका छन्।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

पर्सा- पर्सामा हुण्डी कारोबार गरेको आरोपमा ८२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ बस्ने १८ वर्षीय कलामुद्दिन अन्सारी, भारतको बिहारस्थित मोतिहारी पूर्वी चम्पारण घर भई हाल बीरगञ्जमा डेरा गरी बस्ने २७ वर्षीय विकास कुमार, भारतको बिहार, मोतिहारी जिल्ला पूर्वी चम्पारणका १८ वर्षीय साहिल गुप्ता र सोही ठाउँका २२ वर्षिय गुड्डु कुमार रहेका छन्।

विशेष सूचनाको अधारमा पर्सा प्रहरीले आदर्शनगर पानी ट्यांकी बस्ने विकास कुमारको फल्याटबाट ८२ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो।

निषेध आदेशको समयमा सीमा वारपार गर्नेहरु सक्रिय भएकाले स्रोत नखुलेको रकमसहित चार जनालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले बताए। पक्राउ परेका चारै जनाविरुद्ध वित्तीय कसुरअन्तर्गतको मुद्दा चलाउने प्रहरीले जानकारी गराएको छ।

प्रकाशित: May 12, 2021| 13:28 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।