बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ का सबै निजी अस्पताललाई कोभिड अस्पताल बनाउन निर्देशन

प्रदेश १ का सबै निजी अस्पताललाई कोभिड अस्पताल बनाउन निर्देशन

प्रदेशसभाको संसदीय समितिले प्रदेश १ सरकारलाई सबै निजी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउन निर्देशन दिएको छ। 
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

विराटनगर- प्रदेशसभाको संसदीय समितिले प्रदेश १ सरकारलाई सबै निजी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउन निर्देशन दिएको छ। 

सामाजिक विकास समितिले आज सामाजिक विकासमन्त्री उषाकला राईलाई अध्ययन प्रतिवेदन बुझाउँदै सबै निजी अस्पतालमा कोभिड उपचारको सेवा सुरु गराउन प्रदेश सरकारलाई निर्देशन दिएको हो। संसदीय समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन मन्त्री राईलाई बुझाएको हो।  

कोरोना संक्रमण बढेपछि उपचार अभावमा संक्रमितले ज्यान गुमाउनु परेको गुनासो आएपछि सामाजिक विकास समितिले प्रदेश १ का सबै सरकारी र निजी अस्पतालको अनुगमन गरेको थियो। समितिले प्रदेशका कोभिड अस्पतालहरुको पनि अनुगमन तथा निरीक्षण गरेको थियो। 

सरकारलाई संसदीय समितिले भारतीय सीमावर्ती नाकामा स्थानीय तहको क्षमता अपर्याप्त देखिएकाले प्रदेश सरकारले विशेष सुविधा थप गरी सीमानाकाबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्नसमेत निर्देशन दिएको समिति सभापति सरिता थापाले जानकारी दिइन्। 

संसदीय समितिले आम नागरिकलाई कोरोनाविरुद्धको खोप सेवा उपलब्ध गराउन तथा पहिलो डोज लगाएकालाई दोस्रो डोजको व्यवस्था गर्न पनि निर्देशन दिएको जनाएको छ। समितिका अनुसार कोभिड अस्पताल अनुगमनको क्रममा मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज र झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालले अनूचित धरौटी लिएको देखिएकाले एकरुपता कायम गर्न पनि मन्त्रालयलाई निर्देशन गरिएको छ। 

प्रतिवेदन बुझ्दै सामाजिक विकासमन्त्री उषाकला राईले समितिको निर्देशन तत्कालै कार्यान्वयन गर्ने बताइन्। कोरोना रोकथाम तथा प्रतिकार्यमा मन्त्रालयबाट कुनै कमजोरी नहुने उनको दाबी छ। 

प्रकाशित: May 12, 2021| 13:19 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।