बुटवल– कोरोना महामारी बढ्दै गएपछि रुपन्देहीमा जेठ १३ गतेसम्म निषेध आदेशको अवधि थप भएको छ।
जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र ( डीसीसीएमसी)को बुधबार बसेको बैठकले जेठ १३ गते बिहान ६ बजेसम्म लागू हुने गरी निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए।
कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि वैख १६ गतेदेखि रुपन्देहीमा निषेध आदेश लगाइएको छ।