बिहीबार, भदौ ११, २०८३

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए शपथ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका पृथ्वीसुव्वा गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

पोखरा– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका पृथ्वीसुव्वा गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। पोखराको सिमलचौरस्थित प्रदेश प्रमुखको निवासमा उनले आज साँझ शपथ ग्रहण गरेका हुन्। 

प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई आजै मुख्मन्त्रीमा नियुक्त गरेकी थिइन्। गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभन्दा अघि नेपाली कांग्रेसको नेतृत्वमा रहेको विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुख समक्ष दावी पेश गरेको थियो। 

पोखरेलले दावी पेश गरेलगत्तै गठबन्धनमा सामेल भएको भनिएको राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीले आफू तटस्थ बसेको भन्दै विज्ञप्ति जारी गरेका थिए। उनले तटस्थ बसेको घोषणा गरे लगत्तै मुख्यमन्त्रीमा कृष्णचन्द्रको दावी अनुसार बहुमत नपुग्ने भएकाले प्रदेश प्रमुखले संसदमा रहेको सबैभन्दा ठूलो दलको हैसियतमा पृथ्वी सुव्वा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

प्रकाशित: May 12, 2021| 12:43 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।